यिनै हुन् डीआईजी रञ्जितकारको नाम लिएर लाखौंको डिल गर्ने महिला ? डीआईजी सँगको सम्बन्ध के ?

२०७८ आश्विन ७, बिहीबार १९:०४ गते २०७८ आश्विन ७, बिहीबार १९:०४ गते २०७८ आश्विन ७, बिहीबार १९:०४ गते

काठमाडौ । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारको नाममा पैसा उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । डिआइजीको नाममा पैसा मागेको अडियो विभिन्न अनलाइन सञ्चारमाध्यममा सार्वजनिक भएपछि सर्लाहीकी सुशीला थापालाई पक्राउ गरिएको हो ।

थापाले डिआइजी रञ्जितकारमार्फत प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पैसाको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको थियो । निज महिलाले प्रहरी नायव महानिरीक्षक रञ्जितकारको नाम जोडेर निहित स्वार्थ राखी व्यक्तिगत आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेकाले उनलाई पक्राउ गरी हाल रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । पक्राउ परेकी महिलाउपर कसुरअनुसारको कानुनी कारबाही हुने उनले बताए ।

गरुडास्थित प्रहरी विद्यालयमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै थापाले पर्सामा एक जना उदेश पाण्डेसँग ६ लाख रुपैयाँको बार्गेनिङ गरेको अडियो केही दिन अघि सार्वजनिक भएको थियो ।

पाण्डेले जागिर नपाएको रिसमा महिला शिक्षिका सुशीला थापालाई सिकाएर मलाई बदनाम गराउने षड्यन्त्र गरेको डीआईजी उमेश रञ्जीतकारले बताएका छन् । प्रहरी विद्यालयको अध्यक्ष जिल्लाकै एसपी हुने र आरोपी महिलासँग आफ्नो चिनजानसमेत नरहेको डीआईजी रन्जित्कारले गुनासो गरेका छन् । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed