नेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानित

२०७८ आश्विन ९, शनिबार २०:३४ गते २०७८ आश्विन ९, शनिबार २०:३४ गते २०७८ आश्विन ९, शनिबार २०:३४ गते

काठमाडौ– नेपाल चेम्बर अफ कमर्शकी कार्यकारिणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारी र नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारलाई नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले सम्मान प्रकट गरेका छन् । शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले माला लगाई बधाई दिदै सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सल्लाहकार ताम्राकार बागमती प्रदेश सरकारबाट बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य र कार्यकारिणी सदस्य एवम् महासचिव अधिकारी मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनयनमा पर्न सफल भएकोमा द्वयको सम्मानमा चेम्बर एवम् महिला चेम्बरले कार्यक्रम राखेको हो । सो अवसरमा चेम्बर अध्यक्ष मल्ल र महिला चेम्बर अध्यक्ष श्रेष्ठले अधिकारी र ताम्राकारको सफल कार्यकालको कामना सहित बधाई एवम् शुभकामना व्यक्त गर्दै उनीहरुको सफलताले आफुहरु खुशी र गौरव महशुश भएको धारणा राखेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed