काठमाडौ । श्रीमान श्रीमतीको सम्बन्धमा कोही तेस्रो ब्यक्ति आयो भने सम्बन्ध विग्रन्छ । तर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कोही श्रीमानले पैसाको लागि श्रीमतीलाई अरुसंग सम्पर्क गर्न पठाउँछ ? यह काभ्रेमा त्यस्तै जोडी पक्राउ परेका छन् । आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्गर्ने र रकम नदिए ज्यान लिने योजना बनाएको घटना सार्वजनिक भएको छ । प्रहरीले त्यस्तो काममा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती सहित ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य २ जना भने सम्पर्कमा छैनन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीले सो घटनामा अनुसन्धान गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियारलाई प्रहरीले पक्राउ गरेको हो । उमाका श्रीमान र भाईलाई प्रहरीले खोजिरहेको छ ।
राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई अ पह’रणमा परेको घटना अनुसन्धान गर्दै जाँदा उनीहरुको यस्तो खेलका बारेमा पोल खुलेको हो । ति युवकलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३, ४ जना युवाहरुको समुहले लिएर गएको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले राजकुमारलाई उद्धार गरेपछि घटनाको नयाँ पाटो खुलेको हो ।
श्रीमानहरुकै योजनानामा उमा र सविनाले अन्य युवकसंग फोन र फेसवुकमा कुराकानी गर्ने । युवकलाई सम्बन्धका लागि आफै उक्साउने र युवकहरु सम्बन्ध राख्न राजि भएपछि पैसा माग्ने काममा सकृय थिए । यस्तै योजनाका साथ राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो । म्यासेन्जर च्याटमा सविनाले नै राजकुमारलाई सम्बन्ध राख्ने प्रस्ताव राखिन् । उनले बोलाएपछि भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । त्यसपछि सविनाले पैसाको बार्गेनिङ्ग गरिन् । पैसामा कुरा मिलेपछि अरनिको राजमार्गको २८ किलोबाट उमा र सविना राजकुमारसँगै बुडोल माथी रहेको जंगलमा पुगे ।
त्यस पछि उनीहरुकै योजना अनुसार उमाका श्रीमान घटनास्थलमा आए । अनि फेरी पैसाको वार्गेनिगं सुरु भयो । डराएका राजकुमारलाई हाम्रो काम यस्तै हो अब पैसा ले भनेर थ’र्काए । राजकुमारले ५० हजार दिन्छु भने तर एटिएममा पुगेपछि भने उनले पैसा भएर पनि मिलेन भन्दै फर्काए । त्यस पछि उनले दाजुलाई पैसा लिएर आउन र आफु अ’पह’रणमा परेको खवर गरे ।राजकुमारका दाजुले प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका हुन् ।
यो पनि : कृषकका गुरु टीकाराम
बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताउनुभएको छ । उहाँले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उहाँलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ ।
६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै व्यतीत गर्नुहुन्छ । बिहानै उठेर तरकारी बारीमा नगएसम्म सापकोटाको मन मान्दैन । सापकोटा भन्नुहुन्छ, “चिनीभन्दा मिर्सी गुलियो, तर मिर्सीभन्दा पनि कृषि गुलियो, म कृषिको गुलियोमा भुलेको छु जति कृषि ग¥यो उतिनै सन्तुष्टि हुन्छ, कृषि पेसा जति गरे पनि धित नमर्ने कर्म रहेछ ।”
विसं २०४२ देखि व्यावसायिक सोचसहित कृषि कर्ममा लाग्नुभएका सापकोटा अहिले कृषिबाटै लाखाँै आम्दानी गर्न सफल हुनुभएको छ । अरुको जग्गा बन्दकी लिएर व्यावसायिक कृषि सुरु गर्नुभएका सापकोटाले अहिले आफ्नै पाँच रोपनी जग्गामा खेतिपानी गरिराखेको बताउनुहुन्छ । “कृषि गरेरै तीन वटा छोरी र चार छोरालाई पालनपोषण, पढाइदेखि विदेश पठाउनका लागि कृषिबाटै भएको आम्दानी गरेको हुँ”, उहाँले भन्नुभयो, “चार छोरालाई जापान पठाएको छु, अहिले उनीहरु पनि कमाउँछन् ।” पहिले उनीहरुलाई १२ कक्षासम्म पढाएर जापान आफैँले कृषिबाट कमाएको पैसाले पठाएको सापकोटा बताउनुहुन्छ । आफूले कृषि गरेर जग्गा खरिद गरेको र अहिले त्यो जग्गालाई बेच्दा रु दुई करोड बढी पर्ने सापकोटाको भनाइ छ ।
सुरुमा तरकारी खेती गर्न तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सन्जिबलको थाक्रा र चामलको बोराको डोरी बनाएर कृषि सुरु गरेको विगत आफ्नो लागि स्मरणीय रहेको उहाँको भनाइ छ । अहिले आफूले कृषिको बारेमा गाउँमा सबैलाई सिकाउने र बिरुवा वितरणसमेत गरेको सापकोटाले बताउनुभयो । बागलुङ नगरपालिकाबाट रु ५० हजार अनुदान लिएर नेट हाउस बनाएर विभिन्न तरकारीको नर्सरी गर्नुभएका सापकोटाले त्यसबाट रु ४० हजारको बिरुवा बिक्री गरिसकेको बताउनुहन्छ । केही बिरुवा गाउँका कृषक साथीलाई निःशुल्कसमेत बाँडेको उहाँको भनाइ छ । अहिले एकै सिजनमा रु ४० हजारको काक्रो, एक हजार ३०० बोटबाट रु ५० हजारको गोलभेँडा, बन्दा, काउली रु ५० हजारको बिक्री गरेको सापकोटा बताउनुहुन्छ । एक सिजनमा आफूले रु तीनदेखि चार लाखसम्मको तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको सापकोटाको भनाइ रहेको छ । अहिले उहाँको खेतबारीमा करेला, घिरौला, बोडी, काउली, बन्दा, टमाटर, चिचिन्नो, फर्सी, काक्रो, खुसार्नी, भ्यान्टा, साग, केरालगायत तरकारी फलफूल छन् ।
बागलुङ बजारको नजिक भएकाले तरकारी बेच्न बजारको समस्या नभएको सापकोटाको भनाइ छ तर तरकारी बेच्न समस्या नभए पनि बिचौलीयाको कारणले आफूले भने जति मूल्यमा तरकारी बिक्री गर्न नपाएको सापकोटाको गुनासो छ । दिनरात नभनी कृषि गरेर उत्पादन गरेको तरकारी सस्तोमा दिनुपर्दा कृषक मारमा परिरहेको सापकोटा बताउनुहुन्छ ।
“नेपालमा कृषि गर्ने मानिसका लागि धेरै राम्रो सम्भावना र अवसर छ, नगरपालिकाले पनि कृषकलाई अनुदान समय समयमा दिएको छ”, उहाँले भन्नुभयो, “तरकारीको बजारको भाउ र कृषकले बेच्दा पर्ने मूल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
अब आफूलाई आवश्यक पैसा पुगे पनि कृषि कर्मको धित नमरेको उहाँ बताउनुहुन्छ । “छोराछोरी आफ्नो आफ्नो खुट्टामा उभिसकेका छन्, कृषिले मेरो जीवन परिवर्तन गरिदियो”, उहाँले भन्नुभयो, “अब थप समय मिलाएर अन्य कृषकलाई समेत कसरी कृषि गरेर सफल कृषक बन्न सकिन्छ भनेर सिकाउने योजना छ ।”
Views: 0