टिपरको ठक्करबाट होनहार युवकले ज्यान गुमाए, दुईजना घाईते

२०७८ आश्विन १०, आईतवार १६:०५ गते २०७८ आश्विन १०, आईतवार १६:०५ गते २०७८ आश्विन १०, आईतवार १६:०५ गते

नुवाकोट, असोज १० । नुवाकोटको थानसिङमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । शनिबार राति लिखु गाउँपालिकाको अमिलबोटेमा ना ८ ख ५७९१ नम्बरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको छहरे प्रहरी चौकीले जानकारी दिएको छ ।

टिपरको ठक्करबाट तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा नमराव रोक्का र प्रकाश पाठक गम्भीर घाइते भएका छन । उनीहरूको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमै मृत्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु ३ मा वडा अध्यक्षका उम्मेदवार समेत रहेका थिए ।

सडकको किनारामा साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर गफ गरिरहेका युवाहरू भएको स्थानमा टिपरले ठक्कर दिएको स्थानीयले बताएका छन। टिपर लाइसेन्स नभएको व्यक्तिले चलाएको र उनी भागेको बताइएको छ । अहिले स्थानीयले बाटो बन्द गरेर दोषीमाथि कारबाहीको माग गरिरहेका छन ।

यस्तै, काभ्रेको धुलिखेलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
अरनिको राजमार्गमा पर्ने धुलिखेल नगरपालिका–३ मा बा ४ ख ६२२० नम्बरको टिपरले प्रदेश३–०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पाँचखाल घर भएका ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार रेग्मी पाँचखाल नगरपालिका–११ का स्थायी बासिन्दा हुन्। दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले टिपर र त्यसका चालकलाई पक्राउ गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *