गाइका एलिना चौहान र अप्सरा भण्डारी गौतम पुगे धराने सेकुवा हाउसको ओपनिङमा

२०७८ आश्विन १०, आईतवार २१:५० गते २०७८ आश्विन १०, आईतवार २१:५० गते २०७८ आश्विन १०, आईतवार २१:५० गते

काठमाडौंको पेप्सिकोलामा नयाँ सेकुवा हाउस खुलेको छ । धराने सेकुवा हाउस नामको उक्त स्थलको सुरुवात गायिका एलिना चौहान, मोडलहरु बिना राउत र सरोज प्रजा पुगेर गरेका हुन् । सेकुवा हाउसका सन्चालक प्रेम बोलखेले सेलिब्रेटी बोलाएरै उक्त सेकुवा हाउसको ओपनिङ गर्नुको कारण यस बिषयमा अरुले पनि थाहा पाएर त्यस ठाउँको लोकप्रियता बढ्नेमा बिश्वास लिए ।

पछिल्लो समय निकै चर्चित युटुब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्टमा उक्त ओपनिँग कार्यक्रमको सबै भिडियोहरु भ्लग मार्फत प्रस्तुत गरिएको छ । सुन्दर लोकेशनमा खोलिएको स्वादिष्ट खाजा र धरानको सेकुवा पाईने ठाउँ धराने सेकुवा हाउस्मा कलाकार र पत्रकार शिशिर भण्डारीको श्रमिती अप्सरा शिशिर भण्डारी पनि पुगेकी थिईन् ।

बिनाको आमाको साथमा पुगेका सरोज र बिनाले निकै रमाइृलो गरे भने गायिका एलिना चौहानले पनि त्यहाँका परिकारहरु आफुलाई मन परेको र सबैलाई आउन र खान अनुरोध गरिन् । यता बिना र सरोजले पनि आफु सधै उक्त ठाउँमा गईरहने बताउँदै त्यहाँ बनेका डिसहरुको तारिफ गरे । रिबन काटेर सुरुवात गरिएको उक्त स्थलको लोकप्रियता त्यसपछि बढेको छ । उक्त सेकुवा हाउसमा बर्थडे सेलिब्रेसन,फेमिली डिनर,साथीहरु सँग ग्यादरिङ्ग साथइ टिक टक बनाउन को लागि राम्रो बातावरन छ। “धराने सेकुवा हाउस” पेप्सिकोलाको न्यू प्लानिङमा छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *