पाङ्ग्रा नखुलेका कारण काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफलता पुर्बक अवतरण

२०७८ आश्विन ११, सोमबार ११:२४ गते २०७८ आश्विन ११, सोमबार ११:२४ गते २०७८ आश्विन ११, सोमबार ११:२४ गते

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव सिर्जना भएको थियो। रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफलता पुर्बक अवतरण भएको छ। बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।

विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *