काठमाडौं, ११ असोज – नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१२ नबिन टोलमा ना.८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३-०२-००८ प ४३२३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका-१५ सेम्लार बस्ने २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-८ पिडारी चोकमा ना.७ ख ४७४१ नम्बरको टिपर र ज.९ प १४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत मुजफरपुर बिहार बस्ने ४५ वर्षीय नन्द किशोर दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, सिरिजंघा गाउँपालिका-४ तेल्लोकमा मे.१ त ६३९० नम्बरको ट्याक्टरको ठक्करबार पदैलयात्री ४५ वर्षीय ईन्द्र भट्टराईको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, कोहलपुर नगरपालिका-९ पार्वतीपुर नजिक सडकमा लु.१ च ६९८७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ पिपिरी बस्ने ३५ वर्षीय धर्मराज घर्तीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

चितवन, रत्ननगर नगरपालिका-५ तरौलीस्थित भित्री सडकमा ना.८ प २६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल वतन नखुलेका बाजे नामले चिनिने ७५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *