काठमाडौं, ११ असोज काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसको कोठामा भारत कोलकता घर भएका ८२ वर्षीय किशन गिरी सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा पार्किङ गरी राखेको बा.५ ख ६५३० नम्बरको बसमा दोलखा सैलुङ गाउँपालिका घर भई उक्त बसका चालक ४४ वर्षीय तुल बहादुर उप्रेती सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, गोदावरी नगरपालिका-७ सल्लेनी कटुवाल दह जाने सडक मुनी झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार भ्लोन सोमबार मृत अवस्थामा फेला परेका छन् । टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा उनको शव फेला परेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ नमुनाटोल घर भएका लाल बहादुर बुढाका छोरा सोही नगरपालिका-७ शान्तिटोलस्थित मामाघरमा बस्दै आएका ५ वर्षीय शिशिर भन्ने सुशान्त बुढा घरबाट करिब १ सय मिटर टाढा पानी जमेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । शनिबारदेखि हराएकोले खोजी गर्नेक्रममा उक्त खाल्डोमा उनको शव फेला परेको हो ।
अछाम, बान्निगढी जयगढ गाउँपालिका-६ काडाकोट बस्ने ६० वर्षीय धन बहादुर रावत सोही ठाउँस्थित कालारौवा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यहि असोज ४ गते रामारोसन गाउँपालिका-६ सुतारमा घाँसे मेला हेर्न भनी घरबाट हिँडेका उनी बेपत्ता भएपछि खोजी गर्नेक्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।
झापा, गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने ५० वर्षीय बल बहादुर दराल सोही ठाउँस्थित किशने खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-३ स्थित न्यूरोड जाने भित्री सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
डडेलधुरा, पर्शुराम नगरपालिका-६ कुणास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0