हिजोको त्यो क्षण: बुद्ध एयरको फोर्स ल्याण्डिङबारे क्याप्टेनसँग संवाद यसरी गरिएको थियो, दुरबिन लगाएर क्याप्टेनले…

२०७८ आश्विन १२, मंगलवार ११:२९ गते २०७८ आश्विन १२, मंगलवार ११:२९ गते २०७८ आश्विन १२, मंगलवार ११:२९ गते

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै ड’राएका थिएनन् । तर जब काठमाडौंमा पनि जहाज अवतरण गरेन र फनफनी घुम्न थाल्यो, के भएको हो भनेर सोधीखोजी गरे ।

बुद्ध एयरको भनाइमा चालक दलले ल्याण्डिङ गियर चलाउँदा पांग्रामा समस्या देखिएको थियो। जहाजका दुईमध्ये प्रमुख इन्डिकेटरले संकेत नदेखिएको बुद्ध एयरको भनाइ थियो।

त्यसपछि जहाजलाई चालकदलले कोटेश्वरतर्फबाट ल्याए । त्यसबेला जहाज धावनमार्गदेखि १ हजार फिट माथिबाट उत्तरतर्फ उड्यो । काठमाडौंको आकाशमा झन्डै दुई घन्टा घुमेको जहाज अन्तिममा फोर्स ल्याण्डिङ गर्ने तयारी गरिएको थियो।

विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, सुरक्षाकर्मी सबै तयारी हालतमा राखेको देखेपछि यात्रुहरुको रुवासबासी नै चल्यो । बुद्ध एयरको उक्त जहाजको ल्याण्डिङ गियर नखुलेको भए फोर्स ल्याण्डिङ गर्नुपर्थ्यो।

विमानका यात्रु प्रताप लिम्बु भन्छन्, ‘अब जिन्दगी यत्ति नै रहने भयो भन्ने भएको थियो । यो पटक चाहिँ एटीसी र धावनमार्ग आसपासमा उभिएका सुरक्षाकर्मीले जहाजको सबै पाङ्ग्रा खुलेको देखे । ’ जहाजलाई अवतरण अनुमति दिइयो । ’यद्यपि ल्याण्डिङ गियर खुल्यो र विमान सहज अवतरण भयो ।

जहाज १० बजेर २७ मिनेटमा अवतरण भयो । उक्त जहाज अन्तिममा सामान्य रूपले अवतरण भएपछि ठूलो संकट टरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *