बेलायती सेना र सिंगापुर पुलिसमा नयाँ भर्ना खुल्यो, यस्तो छ तलब र छनौट प्रक्रिया !

२०७८ आश्विन १२, मंगलवार २०:०७ गते २०७८ आश्विन १२, मंगलवार २०:०७ गते २०७८ आश्विन १२, मंगलवार २०:०७ गते

काठमाडौ। बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ती प्रक्रिया अगाडि बढाएको छ। सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको छ।

क्षेत्रीय छनोटमा ७४ जिल्लाका युवा सहभागी छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट भर्ती नलिने बेलायतको नीति रहेकाले प्रतिस्पर्धी नदेखिएका हुन् । ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमार्फत जानकारी दिँदै अगस्ट २९ (भदौ १३ गते) बाट क्षेत्रीय छनोटका निम्ति पोखरा बोलाएको हो।

कोरोना महामारीले छनोटमा समस्या देखिएपछि यो पटक १९ देखि २१ वर्षकालाई मात्र अनलाइनबाट फाराम भराएको थियो। कोभिड–१९ महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम दुवै छनोट पोखरामा हुने गरेको छ ।

मुख्यालयले भर्ती हुन चाहने प्रतिस्पर्धी युवाको चाप बढे पनि ब्रिटिस गोर्खाको कोटा भने घटाएको छ। गत वर्ष ब्रिटिस सेनाका लागि ३ सय ४० र सिंगापुर पुलिसका लागि १ सय ३४ छानिएका थिए।यसपटक क्षेत्रीय छनोटमा ब्रिटिसतर्फ ५ हजार ७ सय ८७ जना र सिंगापुरतर्फ २ हजार ४ सय १९ जनाको नामावली प्रकाशित गरेको छ ।

‘ब्रिटिस सेना र सिंगापुर पुलिसको गोर्खा भर्ती हाम्रो छनोट प्रक्रिया सधैं नि:शुल्क, निष्पक्ष र पारदर्शी छ,’ बेलायती सेनाको मुख्यालयको वेबसाइटमा भनिएको छ, ‘यो वर्ष हामीले उत्कृष्ट २ सय ३० जना जवानहरू ब्रिगेड अफ गोर्खाजमा अनि उत्कृष्ट १ सय ४० जना जवानहरू गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसको लागि छनोट गरिनेछ।

यसअघि कागजपत्र, अनुशासन, मेडिकललगायत कारणबाट भर्ती प्रक्रियाबाट बाहिरिएकाले पुन: आवेदन दिन नपाउने नियम लागू छ। गोर्खा सैनिकतर्फ भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको चरण पूरा गर्नुपर्नेछ । त्यसैगरी सिंगापुर प्रहरीका निम्ति नोभेम्बर १३ (कात्तिक २७) देखि मंसिर १३ गतेभित्र क्षेत्रीय छनोट पूरा हुने जनाइएको छ।

ब्रिटिस गोर्खा सैनिकको इतिहास सन् १८१५ देखि सन् २०२१ सम्म आइपुग्दा २ सय ६ वर्ष पुगेको छ। ब्रिटिस गोर्खा सैनिकले विश्व युद्धमा बहादुरी प्रदर्शन गरेबापत १३ हजारले सर्वोच्च पदक भिक्टोरिया क्रस प्राप्त गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *