ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जना पक्राउ

२०७८ आश्विन १३, बुधबार २०:१५ गते २०७८ आश्विन १३, बुधबार २०:१५ गते २०७८ आश्विन १३, बुधबार २०:१५ गते

काठमाडौं, १३ असोज – ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन भरतपुर महानगरपालिका-२९ जुगेडी वतन भएका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका-३ वतन भएका ३१ वर्षीय नविन दराई र काठमाडौं कोटेश्वर बस्ने रौतहट चन्द्रपुर नगरपालिका-९ सिंदुरेघारी बस्ने ३२ वर्षीय शिव रोक्का रहेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासमा ईडिभि २०२१ को नतिजामा नाम निकाली भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा नबिन र शिवलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा नबिनसँग जिबनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएपछि उनलाई समेत प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनीहरूलाई लिखत सम्बन्धि कसूर मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, १३ असोज – महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्युव च्यानलमार्फत प्रसारण गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ मिमुवा घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युव च्यानलका संचालक काठमाडौं नेपालटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ चोकदे घर भएका २७ वर्षीय शिशिर अधिकारी, साराचुलि मिडिया युट्युव च्यानलका संचालक काठमाडौं पेप्सिकोला बस्ने मोरङ वेलवारी नगरपालिका-९ घर भएका ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाईन टिभि युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तमाङ रहेका छन् ।

विभिन्न युट्युव च्यानल संचालन गरी उक्त च्यानलहरुमार्फत पीडित महिलाको तस्बिर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामग्रीहरुको प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटहिटीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *