अबैध लागूऔषध सहित पक्राउ

२०७८ आश्विन १४, बिहीबार १५:३३ गते २०७८ आश्विन १४, बिहीबार १५:३३ गते २०७८ आश्विन १४, बिहीबार १५:३३ गते

धनुषा, १४ असोज – थिला नगरपालिका-६ डेरा गरी बस्ने सोही गाउँपालिका-४ घर भएका ३५ वर्षीय सुरेखा यादवलाई नियन्त्रित लागूऔषध स्पास्मो, भोमाइन समेत गरी २ हजार २ सय २० पिस र १ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा अवैध रुपमा लागूऔषध बिक्री तथा संचित गरी राखेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

पर्वत, १४ असोज – कुश्मा नगरपालिका-४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा मोदी गाउँपालिका-५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार १ सय ३० रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अवैध रुपमा भन्सार छलि लैजाँदै गरेको केराउ बरामद

बर्दिया, १४ असोज – अबैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ मधुबन नगरपालिका-८ बाट बुधबार प्रहरीले बरामद गरेको छ ।
अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ केराउ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरीले उक्त केराउ फेला पारी बरामद गरेको हो ।

बरामद केराउ आबश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सुनको सिक्री र नगद लुटपाट

काठमाडौं, १४ असोज – काठमाडौं महानगरपालिका-२६ सरकारी धारा बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २६ वर्षीय अजय रेग्मीको १.५ तोलाको सुनको सिक्री र नगद ८ हजार रुपैयाँ टोखा नगरपालिका-९ गोँगबु शिवमन्दिर नजिकबाट बिहीबार बिहान लुटपाट भएको छ ।

उनले घाँटीमा लगाएको सुनको सिक्री र नगद अपरिचित ३ जनाले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *