काठमाडौं । बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाएको हो ।
घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ, ‘घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । यो नियमित पक्रिया हो ।’
गत सोमबार मात्र काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको नाइन एन–एएनआई कल साइन भएको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो ।
पाइलट आङ्गेलु शेर्पाले उडाएका उक्त विमानमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए । सभार:ताजा खबर
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0