दशैको मुखमा काठमाडौं उपत्यकामा नयाँ नियम, यी काम गर्न प्रतिबन्ध

२०७८ आश्विन १४, बिहीबार २०:११ गते २०७८ आश्विन १४, बिहीबार २०:११ गते २०७८ आश्विन १४, बिहीबार २०:११ गते

काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्स र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने। जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रजिअ रिजालद्वारा जारी आदेशमा उल्लेख छ । नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भी’डभा’ड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लु’टपा’टजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहनने, यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने पनि आदेशमा भनिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *