“पापी कोरोना” गीत सार्वजनिक

२०७८ आश्विन १५, शुक्रबार १६:०९ गते २०७८ आश्विन १५, शुक्रबार १६:०९ गते २०७८ आश्विन १५, शुक्रबार १६:०९ गते

काठमाडौं – पुर्ण तारा फाउन्डेसनको फाउण्डर तथा उज्यालो लालीगुराँस गार्मेन्ट उद्योगको अध्यक्ष समाजसेवी तारा कुमारी खत्री रोकायले आफ्ना दिवंगत श्रीमान इन्जिनियर पुर्ण बहादुर रोकायको सम्झनामा “पापी कोरोना” गीत सार्वजनिक गरेकी छिन । कोरोना संक्रमणबाट उनका श्रीमान इन्जिनियर पुर्ण बहादुर रोकायको २०७८ साल बैशाख २५ गते ६० बर्षको उमेरमा निधन भएको थियोे।गीतमा श्रीमानको साथ र मायालाई वर्णनको चित्रण गरिएको छ।

सार्वजनिक गरिएको गीतमा शब्द तथा स्वर ताराको नै रहेको छ भने संगीत संयोजन किरण बाबु पुनको रहेको छ । गीतको भिडियोमा तारा कुमारीले आफै प्रस्तुति दिएकी छिन भने उनका श्रीमानको भिडियो फुटेज पनि देख्न सकिन्छ । भिडियोलाई सम्पादन र निर्देशक बिपिन खड्का व्यवस्था आकाश मगर क्यामेरामेन राजन खत्री मिश्रण कुमार सानु पुन मगर पुर्णतारा फाउन्डेसनको आयोजनामा निर्माण गरिएको छ। भिडियो उज्यालो अनलाइन टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। हेर्नुस् भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *