यात्रामा भेटिएकी युवतीसँगको प्रेम अत्यन्तै महंगो भयो, घरमा राति घट्यो सोच्नै नसक्ने घटना

२०७८ आश्विन १६, शनिबार १५:१० गते २०७८ आश्विन १६, शनिबार १५:१० गते २०७८ आश्विन १६, शनिबार १५:१० गते

काठमाडौं । यात्राको समयमा हुने माया प्रेमबारे हामी धेरैले सुनेका छौं । तर भारत उत्तर प्रदेशको अलीगढ क्षेत्रमा एक युवकसँग जे भयो साँच्चै अचम्म छ ।

क्वार्सी प्रहरी चौकी क्षेत्रमा बस्ने एक युवकले रेलमा यात्रा गर्दा एक युवतीलाई भेटेका थिए । भेटपछि दुबै जना कुरा गर्न थाले ।

केही दिनमै उनीहरुको मित्रता प्रेममा परिणत भयो । त्यसपछि, दुबै जनाले आफ्नो बाँकी जीवन विवाह गरेर बिताउने निर्णय गरेका रहेछन् ।

विवाह गर्ने बहानामा करिब डेढ महिना घरमै एकसाथ बसेपछि ती युवती युवकको घरबाट लाखौंको गहना लिएर भागिन् । अब ति युवक केटीको खोजमा भौतारिएका छन् ।

बिहीबार पीडितले एसएसपीकहाँ उजुरी पनि दिएको जनाइएको छ । घटना अनुसार, ति युवक एक निजी कम्पनीमा काम गर्दछन् । डेढ महिना पहिले उनी केहि कामको लागी रेलमार्फत दिल्ली जाँदै थिए ।

त्यस बीचमा उनले रेलमा बसेकी एक युवतीसँग चिनजान गरेका रहेछन् । चिनजान भएको केहि समयपछि उनीहरुबीच धेरै कुराकानी हुन थाल्यो । दुई जनाबिच सुरु भएको कुराकानी प्रेममा परिणत भयो ।

दुबै एक अर्काको जीवनसाथी बन्न सहमत भए । युवकले युवतीलाई घर ल्याए र दुबै सँगै बस्न थाले । चार दिन पहिले ती युवक घरबाट बजार गएका थिए । त्यसपछि युवती घरबाट लगभग ४ लाख रुपैयाँको नगद र गहना लिएर फरार भइन् ।

जब युवक घर फर्के, केटी हराएको देखेर हैरान भए । त्यसयता उनले युवतीको खोजी गर्न थाले ।

जब पीडित प्रहरी चौकी पुग्यो, प्रहरीले उनलाई ठुलो आश्वासन दियो । त्यस सन्दर्भमा, एसएसपी कलानिधि नैथानीले सबै सम्भव सहयोगको आश्वासन दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *