कपिलवस्तु, १९ असोज – ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सोही कार्यालयको प्राङ्गणमा एकदिने बृहत रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुका जिल्ला शाखाका मन्त्री सन्तोष श्रीवस्तवले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
रक्तदान कार्यक्रममा प्रहरी उपरीक्षक दान बहादुर कार्की समेत ५५ जना प्रहरी कर्मचारी र पत्रकार महासंघ कपिलवस्तुका जिल्ला सचिव जानु पाण्डे गरी जम्मा ५६ जनाले रक्तदान गर्नुभएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0