स्वर्गीय गणेश दत्त न्यौपाने को सातौ दिनको पुण्यतिथिमा शोक सभा

२०७८ आश्विन २१, बिहीबार ०९:४३ गते २०७८ आश्विन २१, बिहीबार ०९:४३ गते २०७८ आश्विन २१, बिहीबार ०९:४३ गते

काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबीको आयोजनामा शोक सभा सम्पन्न भएको छ ।सामुदायिक सेवा केन्द्र टुँडालदेबीका अध्यक्ष रामप्रसाद न्यौपानेका पुजनिय पिता स्वर्गीय गणेश दत्त न्यौपाने (गोबिन्द )को सातौ दिनको पुण्यतिथिमा शोक सभा सम्पन्न भएको हो ।

स्वर्गीय गणेश दत्त न्यौपाने (गोबिन्द )को सम्झनामा मौन धारण गर्दै तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको छ।सामुदायिक सेवा केन्द्रका सचिव मीन प्रसाद पौडयालले शोक मन्तव्य राख्दै शोकलाई शक्तिमा बदल्दै बुवाको सपना पुरा गर्न सकारात्मक साेचका साथ लाग्नुपर्ने बताउनुभयो ।

जन्म पछि मृत्यु प्राकृतिक नियम भएकोले यसलाइ सबैले स्विकार्नुको विकल्प नरहेको भन्दै स्वर्गीय गणेश दत्त न्यौपानेको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गदै धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी कामना गर्नुभएको थियो । न्यौपानेको ८७ वर्षको उमेरमा असोज १५ गते निधन भएको थियोे । वहाँको तिन छोरा र दुई छोरी छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *