संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित १ जना पक्राउ

२०७८ आश्विन २३, शनिबार २१:२९ गते २०७८ आश्विन २३, शनिबार २१:२९ गते २०७८ आश्विन २३, शनिबार २१:२९ गते

बाँके, २३ असोज – नेपालगंज उपमहानगरपालिका-४ बुद्ध मन्दिर नजिकबाट १ थान संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित जाजरकोट भेरी नगरपालिका-१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र लुकाई राखेको उक्त छालासहित मनिरामलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *