यी हुन् ३० केटी साथीहरूलाई डि भोर्स पार्टीमा बोलाएर सरप्राइज दिने महिला, हेर्नुहोस्

२०७८ आश्विन २५, सोमबार ०७:४७ गते २०७८ आश्विन २५, सोमबार ०७:४७ गते २०७८ आश्विन २५, सोमबार ०७:४७ गते

काठमाडौं । निकोल किड्म्यान अवार्ड विनिङ एक्ट्रेस मात्रै नभएर स’म्ब’न्ध वि’च्छे’दलाई उत्सवको रूपमा मनाउने महिलाहरूकी रोल मोडेल पनि हुन् । टम क्रुजसँग सन् २००१ मा डिभोर्स गरेर वकिलको कार्यालयबाट निस्किँदा खुशी भएको तस्वीरको चर्चा अहिलेसम्म पनि हुने गरेको छ ।

लस एन्जलसकी एक निमात्री लिज मौपिनले पनि किड्म्यानको नक्कल गर्दै डि’भोर्सलाई उनकै आइकोनिक आउटफिटमा सेलिब्रेट गरेकी छन् । ‘मैले केही वर्षअघि त्यो (किड्म्यानको) तस्वीर देखेकी थिएँ । र, मलाई एकदमै मन परेको थियो,’ लिजले भनिन्, ‘सबै कुराबाट मुक्त भएपछि निकोल कति खुशी र कति आनन्दित थिइन्, त्यो तस्वीरमा देख्न सकिन्छ ।’ लिजले किड्म्याको झैँ डिभोर्स सेलिब्रेट गर्नका लागि धेरै हप्ता लगाएर उस्तै ब्लाउज खोज्नु परेको बताएकी छन् ।

‘यो कठिन थियो । मैले केही हप्ता रिसर्च गरेँ । तर त्यो प्रिन्ट भएको ब्लाउज कहीँ पाइएन,’ लिज भन्छिन्, ‘रेडिटमा समेत मानिसहरूले त्यो ब्लाउज खोजिरहेका थिए ।’ गत साता उनको डिभोर्स भएपछि उनले निकोलको तस्वीर प्रिन्ट गरेर फ्रेमिङसमेत गरेकी थिइन् । र आफ्ना ३० केटी साथीहरूलाई डिभोर्स पार्टीमा बोलाएर सरप्राइज दिएकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *