जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८ आश्विन २६, मंगलवार १३:२१ गते २०७८ आश्विन २६, मंगलवार १३:२१ गते २०७८ आश्विन २६, मंगलवार १३:२१ गते

ललितपुर, २५ असोज – ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई घर बनाउने काम दिलाएको सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँमा प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

प्युठान, २५ असोज – प्यूठान नगरपालिका-४ जुम्रीस्थित ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले
पक्राउ गरेको छ ।
उक्त होटलमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *