सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२०७८ आश्विन २६, मंगलवार १४:०२ गते २०७८ आश्विन २६, मंगलवार १४:०२ गते २०७८ आश्विन २६, मंगलवार १४:०२ गते

काठमाडौं, २४ असोज – रुपन्देही, मायादेवी गाउँपालिका-५ पर्सहवास्थित सडकमा लु.१ क ६४२ नम्बरको क्रेनमा बा.६ च ७८६ नम्बरको कार ठोकिएर आइतबार बिहान दुर्घटना हुँदा कपिलबस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने ८२ वर्षीय हरि प्रसाद भुषालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१९ कण्ठीपुर चोकमा भे.१ च ३०२७ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ब्रिगेश सुनारको छोरा २ वर्षीय शुशान्त सुनारको आइतबार बिहान मृत्यु भएको छ । घर अगाडि बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, बगनासकाली गाउँपालिका-३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा ग.२ ख ३३५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ छतिवन बस्ने ५९ वर्षीय श्याम बहादुर रोकाको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध आतिसबाजी एवं पटाका सहित पक्राउ

काठमाडौं, २४ असोज – ललितपुर महानगरपालिका-१ कुपण्डोल गुसिंगल बस्ने बारा गढीमाई नगरपालिका-३ गञ्जभवानीपुर घर भएका ३० वर्षीय उमेश कुमार जैसवाललाई करिब २० लाख रुपैयाँ मूल्य
बराबरको १ हजार ४ सय ९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई ल्याएको पटाका, भुईचम्पा लगायतका आतिसबाजी जन्य विष्फोटक पदार्थहरु बिक्री गर्न भण्डारण भइरहेको भन्ने
सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाटे खटिएको प्रहरीले जैसवालले ललितपुर महानगरपालिका-९ कुपण्डोल गुसिंगलस्थित टहरा भाडामा लिई भण्डारण गरेको अवस्थामा
उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed