मृत अवस्थामा फेला

२०७८ कार्तिक १, सोमबार १९:०३ गते २०७८ कार्तिक १, सोमबार १९:०३ गते २०७८ कार्तिक १, सोमबार १९:०३ गते

काठमाडौं, ३१ असोज
धनुषा – नगराईन नगरपालिका-७ नवटोलीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियार
प्रहारबाट मृत्यु भएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले घटनास्थलबाट १ थान खुकुरी बरामद
गरेको छ ।

झापा – गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने ३७ वर्षीय चैतुलाल राजवंशी आफ्नै घरको बरण्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, रत्ननगर नगरपालिका-१० डाँडागाउँस्थित सुमित्रा देबी पाण्डेको घरमा ५ महिनादेखि ज्याला मजदुरी गरी बस्दै आएका उदयपुर त्रियुगा नगरपालिका घर भएका ५०
वर्षीय ज्ञान बहादुर श्रेष्ठ आफू बस्दै गरेको घर नजिक गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी – ईटहरी उपमहानगरपालिका-१२ मिया टोलस्थित नहर पुल छेउमा ईटहरी उपमहानगरपालिका-८ ढोका पुल बस्ने दिल बहादुर लिम्बुका छोरा ५ वर्षीय सुजन लिम्बु
आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ सुनसरी सिँचाई आयोजनाको नहरले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित बुद्ध बिहार संस्थामा विगत करिब ७ महिनादेखि बस्दै आएका ओखलढुङगा रुम्जाटार घर भएका ४३ वर्षीय रबिन राई
आफु सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही – बागमती नगरपालिका-१० दमाई टोल बस्ने श्याम साहको हाल बन्द रहेको कुखुरा फर्ममा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा
फेला परेका छन् ।

कास्की – पोखरा महानगरपालिका-२९ पट्नेरीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोट – बेलकोटगढी नगरपालिका-८ कासिटारस्थित सडक नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *