नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७८ कार्तिक १, सोमबार २०:१२ गते २०७८ कार्तिक १, सोमबार २०:१२ गते २०७८ कार्तिक १, सोमबार २०:१२ गते

मोरङ, १ कात्तिक – विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध ८ एम्पुल ऐभिल, ८ एम्पुल लुपिजेसिक, ६ एम्पुल फेनारगन र ६ एम्पुल डाइजेल्याब सहित
सुनसरी ईटहरी उपमहानगरपालिका-१० बस्ने २१ वर्षीय बिरेन खवासलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *