मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

२०७८ कार्तिक ३, बुधबार १६:४४ गते २०७८ कार्तिक ३, बुधबार १६:४४ गते २०७८ कार्तिक ३, बुधबार १६:४४ गते

पर्सा, २ कात्तिक – वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन् ।

सोही महानगरपालिका-१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त
मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका-१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै
उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *