काठमाडौं – ३ कात्तिक । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–३ घर भइ हाल चाबहिल बस्दै आएका ३५ वर्षीय निलम भट्टराई रहेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–३ की ३० वर्षीया दुर्गा पौडेल न्यौपानेलाई उनले आफू राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकृत भएको बताउँदै जागिर लगाइदिने प्रलोभन दिएका थिए ।

‘उनले चलचित्र क्षेत्र र नेपाल टेलिभिजनको पत्रकार समेत रहेको बताउँदै राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने प्रलोभन दिएको उजुरी परेको छ’ कोइरालाले भने, ‘जागिर लगाइदिन उनले १५ लाख रुपैयाँ माग गरेका थिए र प्रलोभनमा १४ लाख ५० हजार रुपैयाँ लिइसकेको खुलेको छ ।’

रकम लिएपछि उनले जागिर पक्का भयो भन्दै ४५ दिने तालिमका लागि सिन्धुली चानुपर्ने बताएका थिए ।

तर काठमाडौं आएर सम्पर्क गर्दा भट्टराई सम्पर्कविहीन बनेका थिए । त्यसपछि महाशाखाका उजुरी परेको कोइराला बताउँछन् ।

‘सुर्खेतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेका छौं’ कोइरालाले भने, ‘उनीबाट अन्य व्यक्ति पनि ठगिएको हुनसक्छन्, अनुसन्धान भइरहेको छ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *