काठमाडौं, ४ कात्तिक
कञ्चनपुर – भिमदत्त नगरपालिका-३ नौलाखेतस्थित सडकमा म.१ ह १२७९ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया हर्कमती देवी जोशीको बुधबार दिउँसो
मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ ।
काभ्रे – भुम्लु गाउँपालिका-५ जामुने खोलास्थित सडकमा बा.२१ च ९२१० नम्बरको बोलेरो सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा बोलेरो चालक
चौरीदेउराली गाउँपालिका-४ बस्ने ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनमा परी गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0