काठमाडौं, ४ कात्तिक
जाजरकोट – शिवालय गाउँपालिका-६ सुङ्गुरखाली रिसिना बस्ने २९ वर्षीय नबिन शाही र सोही ठाउँ बस्ने २२ वर्षीय मनोज शाहीलाई ४ थान भरुवा बन्दुक सहित बिहीबार
बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट थला रैकरबाट खटिएको प्रहरीले नबिनलाई शिकार खेल्दै गरेको अवस्थामा १ थान भरुवा बन्दुक तथा उनकै घरबाट १ थान
भरुवा बन्दुक र मनोजको घरगोठ तलासी गर्दा १ नाल भरुवा बन्दुक तथा उनकै घरपछाडि ओडारमा राखेको १ थान भरुवा बन्दुक समेत गरी जम्मा ४ थान भरुवा बन्दुक फेला पारी दुवै
जनालाई पक्राउ गरेको हो ।
बागलुङ – बडिगाड गाउँपालिका-५ कुलिङ सामुदायिक बनमा लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ग्वालिचौरबाट
खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0