भारतीय रुपैयाँ सहित १ जना पक्राउ

२०७८ कार्तिक ५, शुक्रबार १७:०६ गते २०७८ कार्तिक ५, शुक्रबार १७:०६ गते २०७८ कार्तिक ५, शुक्रबार १७:०६ गते

रौतहट, ५ कात्तिक
ईशनाथ नगरपालिका – १ बन्जरहाबाट १ लाख ८० हजार अवैध भारतीय रुपैयाँ सहित भारत बिहार राज्य शिवहर ग्राम पंचायत वेलवाघाट-५ बस्ने २२ वर्षीय सुशिल कुमार साहलाई
बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बन्जराहस्थित बकैया खोलाको बाँधमा सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा
बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साहलाई बरामद भारतीय रुपैयाँ सहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *