काठमाडौं, ८ कात्तिक – काठमाडौं महानगरपालिका-७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४००
नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकेयर अस्पताल
चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङ – छबिसपाथिभेरा गाउँपालिका-१ जालिबगरस्थित सडकमा प्रदेश ०२ ०१६ प ८९८१ नम्बरको मोटरसाइकल बिद्युतको पोलमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा
मोटरसाइकल चालक दुर्गाथली गाउँपालिका-७ बस्ने २४ वर्षीय दिपेन्द्र दौल्यालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २३ वर्षीय
कृष्ण बहादुर दौल्यालको जिल्ला अस्पताल बझाङमा उपचार भइरेहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0