काठमाडौं, १२ कात्तिक
झापा – झापा गाउँपालिका-७ झाटी टोलाबाट १७ बण्डल किङ कोब्रा पटाका र ३० बण्डल जगमग पटाका गरी करिब ६४ हजार रुपैयाँ मूल्य बराबरको पटाका शुक्रबार बिहान
प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको उक्त पटाका प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
यसैगरी झापा – भद्रपुर नगरपालिका-५ भद्रपुर बजारबाट करिब ७७ हजार रुपैयाँ मूल्य बराबरको पटाका शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट
खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
मोरङ – बिराटनगर महानगरपालिका-१५ रानी बसपार्कबाट करिब २५ हजार रुपैयाँ मूल्य बराबरको पटाका शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट लुकाई छिपाई
नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0