फेरी बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र ग्याससहित हवाई इन्धनको मूल्य

२०७८ कार्तिक १३, शनिबार १७:५० गते २०७८ कार्तिक १३, शनिबार १७:५० गते २०७८ कार्तिक १३, शनिबार १७:५० गते

.
काठमाडौँ । सरकारले पुनः इन्धनको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो । बढेको मूल्य शुक्रबार रातिबाट लागू हुने निगमले जनाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल÷मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *