नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको शुभकामना आदान प्रदान

२०७८ कार्तिक १५, सोमबार ०८:३१ गते २०७८ कार्तिक १५, सोमबार ०८:३१ गते २०७८ कार्तिक १५, सोमबार ०८:३१ गते

काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको आयोजनामा महान पर्व तिहार, नयाँ बर्ष नेपाल संवत ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। नेपाल सरकारका भौतिक, आवास तथा यातायात मन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा महासंघले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो। आइतवार सांझ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री यादवले नेपालमा हेभी इक्विप्मेन्ट व्यवसायीहरुले भोग्दैआएका विविध समस्याका विषयमा मन्त्रालयले सक्दो संवोधन गरेर जाने प्रतिवद्धदता व्यक्त गरेकी छन्। हेभी इक्विप्मेन्ट व्यवसायीहरुले देशका विकास निर्माण कार्यमा अत्यन्त उल्लेखनिय कार्य गर्दैआएको मन्त्री यादवले दिल खोलेर तारिफ पनि गर्न चुकिनन्।

महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीको यो दुई बर्षमा महासंघमा आवद्ध व्यवसायीहरुले धेरै नै चुनौति तथा अवरोधहरु भोग्नु परेको यथार्थता प्रकाश पार्दै त्यसको निराकरण गर्न महासंघ कटिबद्ध भएर लाग्दैआएको बताए । चर्को बीमा शुल्क तथा हेभी इक्विप्मेन्टको उचित पार्किङको व्यवस्थापन लगायतका विद्यमान समस्याको निराकरणका लागि संवन्धित निकायहरुमा ध्यानाकर्षण गर्ने र गराउने कार्य निरन्तर जारी भैरहेको पनि अध्यक्ष श्रेष्ठले प्रकाश पारेका थिए। कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, विक्रेता संघका तर्फवाट जैसीबीका सीइओ संजीव फोजा, महासंघका निवर्तमान अध्यक्ष तारावहादुर कुंवर लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष सुनिल थापाले गरेका थिए। कार्यक्रमको कुशल संचालन महासंघका महासचिव सुरेश खत्रीवाट भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *