जोकरको भेष लगाएका एक व्यक्तिद्वारा जापानमा रेलका यात्रुमाथि चक्कु प्रहार

२०७८ कार्तिक १५, सोमबार ११:१६ गते २०७८ कार्तिक १५, सोमबार ११:१६ गते २०७८ कार्तिक १५, सोमबार ११:१६ गते

काठमाडौं – १५ कात्तिक । जापानमा जोकरको भेषमा आएका एक व्यक्तिले रेलमा यात्रा गरिरहेका यात्रुमाथि चक्कु प्रहार गरेका छन् ।

ब्याट्सम्यानका जोकरको हुलियामा आएका २४ वर्षीय व्यक्तिले टोकियो रेलका यात्रुमाथि चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । ह्यालोइनका लागि शहरको मध्यभाग तर्फ रेलमा यात्रा गरिरहेका मानिसमाथि चक्कु प्रहार हुँदा १७ जना घाइते भएको समाचारमा जनाइएको छ ।

जापानको सरकारी टेलिभिजन एनएचकेले चक्कु प्रहारबाट कम्तिमा १७ जना घाइते भएको र घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताएको छ । चक्कु प्रहारपछि ६० वर्षीय एक यात्री बेहोश रहेको र हाल उनको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।

संदिग्ध व्यक्तिले रेलमा रहेका यात्रुलाई चक्कु प्रहार गरेपछि तेल छर्केर आगो समेत लगाएका थिए । टेलिभिजनमा देखाइएका फुटेजमा अग्निनियन्त्रक, प्रहरी र स्वास्थ्यकर्मीले यात्रुहरूलाई उद्वार गरेको देख्न सकिन्छ ।

आक्रमणकारीलाई घटनास्थलबाट पक्राउ गरी हत्या प्रयास गरेको विषयमा उनीमाथि छानबिन भइरहेको छ । ती व्यक्तिले आक्रमण गर्नुको कारण खुलिसकेको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *