ज्योति लाईफ इन्स्योरेन्सकाे सेयर पाएकाहरु पनि मालामाल

२०७८ कार्तिक १६, मंगलवार ०७:२३ गते २०७८ कार्तिक १६, मंगलवार ०७:२३ गते २०७८ कार्तिक १६, मंगलवार ०७:२३ गते

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (JLI) ले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर तथा ५.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रस्ताव अनुसार लाभांश स्वीकृत भएमा कम्पनीले ११ करोड रुपैयाँ बराबरको बोनस सेयर तथा १२ करोड १५ लाख ७८ हजार ९४७.३७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *