नवनिर्मित प्रहरी चौकी कोषाहाट ओखलढुंगाको नवनिर्मित भवन उद्‍घाटन

२०७८ कार्तिक १६, मंगलवार ११:३२ गते २०७८ कार्तिक १६, मंगलवार ११:३२ गते २०७८ कार्तिक १६, मंगलवार ११:३२ गते

ओखलढुंगा, १५ कात्तिक
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले
प्रहरी चौकी कोषाहाट ओखलढुंगाको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक
कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका
निर्वाह गर्ने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित ब्यबस्था भएसँगै
प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला मिल्ने बताउनुभयो । जनमैत्री प्रहरी सेवा र कानूनको
परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उहाँले
निर्देशन समेत दिनुभयो ।

१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १
करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा उक्त चौकीको कार्यालय भवन,
आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय
विराटनगरले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *