कन्नड सुपरस्टार पुनीत राजकुमारको आँखा चारजनामा ‘ट्रान्सप्लान्ट’

२०७८ कार्तिक १६, मंगलवार १५:२५ गते २०७८ कार्तिक १६, मंगलवार १५:२५ गते २०७८ कार्तिक १६, मंगलवार १५:२५ गते

गत अक्टोबर १९ मा हृदयघातबाट निधन भएका कन्नड सुपरस्टार पुनीत राजकुमारको आँखा चार बिरारीमा ट्रान्सप्लान्ट गरिएको छ । जिम गर्दा हृदयघात भएका यी अभिनेताको आँखा नारायण नेत्रालयले तीन पुरुष र एक महिला बिरामीमा ट्रान्सप्लान्ट गरेको हो ।

यद्यपि अस्पतालले नियमको कारण देखाउदै विस्तृत जानकारी दिन अस्वीकार गरेको छ । ‘हामी पावर स्टार पुनीत राजकुमारको नेत्रदानको फैसलाप्रति आभारी छौं । रोचक कुरा त यो छ कि हामीले पुनीतको आँखाको प्रयोग दुई व्यक्तिको ज्योति फर्काउन गरेका छौं’, नारायण नेत्रालयका अध्यक्ष तथा प्रबन्ध निर्देशक के. भुजंगशेट्टीले भनेका छन् ।

आम रुपमा एक मृतक व्यक्तिको दुई कोर्नियाबाट दुई नेत्रहिन रोगीहरुले ज्योति पाउछन् । तर पुनीतको मामलामा चार व्यक्तिले यसको लाभ लिएका छन् ।

नयाँ प्रविधिको प्रयोग गर्दै डाक्टरको टिमले पुनीतको आँखाको दुई कार्नियाजलाई चार हिस्सामा बाँडेर चार बिरामीमा ट्रान्सप्लान्ट गरेका हुन् ।

पुनीको निधनपछि कर्नाटक सरकारले कर्नाटकभर हाई अलर्ट घोषणा गरेको थियो । उनको निधनको शोकमा कैयौं फ्यानले आत्महत्यासमेत गरेका थिए । उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *