नेपाली जनप्रगतिशिल मञ्च कतारको अधिवेसन अध्यक्ष प्रचन्डको उपस्थितिमा शुक्रबार हुने

२०७८ मंसिर २, बिहीबार २२:२८ गते २०७८ मंसिर २, बिहीबार २२:२८ गते २०७८ मंसिर २, बिहीबार २२:२८ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास समिति नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पांचौ अधिबेसन नोभेम्बर १९,शुक्रवार कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा हुने भएको छ ।

कार्यक्रममा पार्टीका अध्यक्ष प्रचन्ड प्रमुख अतिथी रहेको सचिव मोहन कार्किले बताए । अध्यक्ष प्रचन्डले जुममार्फत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार सन २००७ अगष्ट २ मा बिधिवत स्थापना भइ कतारमा समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्याबहार राख्दै नेपाली नियोग सँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि सँगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको सँस्था हो ।

संगठनले यहि १९ नोभेम्बर २०२१ का दिन पाचौं ऐतिहासिक अधिबेशन भर्चुअल माध्यम मार्फत गर्न लागेको र पार्टी अध्यक्ष एवं पुर्बप्रधानमन्त्री प्रचण्ड बाट समुदघाटन गरि शुक्रवार नै नया नेतृत्व चयन गर्दै अधिबेशन सम्पन्न हुने सचिव कार्किले बताए ।स्थानीय सरकारले जारी गरेको कोभिड १९ रोकथाम (स्वस्थ्य मापदण्ड) लाई ध्यानमा राखी भौतिक रूपमा सम्पुर्णलाई उपस्थिति गराउन नसकिने भएकोले जुम भर्चुअल माध्यम बाट कतार तथा बिश्व भरी रहेका सबैलाई उपस्थित हुन कार्किले अनुरोध गरे ।
नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)को प्रवास समितिमध्य सबैभन्दा धेरै सदस्य भएको संगठन हो । हाल उक्त संगठनमा हाल १००० सदस्य आवद्द रहेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *