भीम रावलले माग्न थाले अध्यक्षका लागि भोट

२०७८ मंसिर ११, शनिबार १५:४२ गते २०७८ मंसिर ११, शनिबार १५:४२ गते २०७८ मंसिर ११, शनिबार १५:४२ गते

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि महाधिवेशनको बन्दसत्रस्थल सौराहामा भोट माग्न थालेका छन्।

१०औँ महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र हुनै लाग्दा रावलले भोट माग्न थालेका हुन्।

अध्यक्षसहित सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयासमा केपी शर्मा ओली रहेका बेला रावलका त्यसमा बाधक बन्दै भोट माग्न थालेका हुन्।

रावलले कुनै हालतमा अध्यक्षको उम्मेदवारीबाट ब्याक नहुने अडान लिएका छन्।

उनी अहिले महाधिवेशनस्थलमा पुगेर प्रतिनिधिहरुसँग भोट मागिरहेका छन्।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले रावललाई वरिष्ठ अध्यक्ष दिने प्रस्ताव पठाएको चर्चा थियो।

तर, रावलले प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा प्रतिष्पर्धा गर्ने निर्णयसहित प्रचार थालेका हुन्। तर अझै पनि सर्वसम्मतका लागि प्रयास जारी छ।

एमालेको शुक्रबार मध्यराति ४ पदाधिकारी बढाएको थियो। केन्द्रीय कमिटी बैठकले पदाधिकारीदेखि केन्द्रीय कमिटी संख्या बढाउने निर्णय हिजो भएको थियो।

अध्यक्ष ओलीको योजना अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाइएको हो।

तर, रावलले आफूले कुनै हालतमा अध्यक्षबाट नहुने अडान लिएका छन्। यस्तो अवस्थामा ओली समूहमा पनि कुरा नमिलेकाले सबै पदमा निर्वाचन हुने सम्भावना छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *