एमाले अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव

२०७८ मंसिर १३, सोमबार ०७:५२ गते २०७८ मंसिर १३, सोमबार ०७:५२ गते २०७८ मंसिर १३, सोमबार ०७:५२ गते

चितवनको सौराहाामा जारी नेकपा एमालेको दसौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्षमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरे पनि भीम रावलले असमति जनाएपछि अन्ततः चुनाव हुने भएको छ।

उनले आइतबार मध्यराति ३०१ जना केन्द्रीय सदस्य र १९ पदाधिकारी (तलका लिंकमा यसको सूची छ) को नाम बन्दसत्र हलमा पेस गरेका हुन्। तर रावलले चुनाव नै लड्ने अडान लिएपछि ओलीले चुनावी प्रक्रियाका लागि पनि बाटो खुला गरेका हुन्।

रावलले अडान नछाडेपछि हलमा एकछिन होहल्ला र रावलविरुद्ध नाराबाजी भएकाे थियेा। तर ओलीले शान्त रहन आग्रह गर्दै भने, ‘भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ।’

त्यसपछि आज बिहानका लागि चुनावको कार्यक्रम तय गरिएको हो।

एमाले निर्वाचन अयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार आज (सोमबार) बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित नै भएको छ भने अन्य पदाधिकारी तथा सदस्यमा पनि अध्यक्ष ओलीले पेस गरेका  नामभन्दा अन्यले उम्मेदवारी दिए निर्वाचन हुनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *