के स्वार्थले राप्रपाको केन्द्रीय सदस्य बन्न खोज्दैछन् देवेन्द्र प्रधान ?

२०७८ मंसिर १६, बिहीबार ११:३७ गते २०७८ मंसिर १६, बिहीबार ११:३७ गते २०७८ मंसिर १६, बिहीबार ११:३७ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा देवेन्द्र प्रधानले उम्मेदवारी दिने भएका छन् । उनी अहिले पनि पार्टीको केन्द्रीय सदस्य हुन् । आजबाट सुरु भएको एकता महाधिवेशनमा प्रधानले जनजातिको कोटाबाट उम्मेदवारी दिने भएका हुन् । संविधानसभा २०७० को निर्वाचनमा काठमाडौं ९ बाट प्रतक्ष्य उम्मेदवार बनेका उनले ६ हजारभन्दा बढी मत पाएका थिए । पटक पटक भएका आन्दोलनमा सक्रिय रुपमा भूमिका खेल्दै आएका उनी पार्टीमा नयाँ नेतृत्वको खाँचो रहेको बताउँछन् ।

‘अहिले पार्टी अत्यन्तै कमजोर भएको छ त्यसैले पनि नयाँ नेतृत्वको खाँचो छ, सबैले नेता तथा कार्यकर्ताले त्यही चाहेका छन्’ उनले भने ‘अहिले जसले पार्टी चलाइरहेका छन्, उनीहरु कमजोर भइसकेका छन् भन्ने पुष्टि भइसकेको छ ।’ उनले राप्रपाले उठाएका एजेण्डा राम्रा भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताएका छन् । उनले युवा पुस्ताले नेतृत्व गरे पार्टीलाई आगामी निर्वाचनमा फाइदा हुने र संसदीय निर्वाचन पनि जित्न सकिने ठोकुवा गरे । ‘जहिले पनि टुटफुटको शिकार भएको छ राप्रपा, राप्रपा न बुढाको हो न पञ्चेको हो अब युवाको हो’ प्रधानले भने ‘पार्टीमा मैले गरेको योगदान अतुलनीय छ, युवालाई रोजगार र व्यवसायिक बनाउनु आजको आवश्यकता हो ।’

अरु देशमा युवा राष्ट्रपति र प्रधानमन्त्री भएका छन् त्यसैले पनि पार्टीको नेतृत्व युवाले गर्न पाउनुपर्छ भन्ने दाबी अचम्म होइन’ उनले थपे‘ अहिलेका अध्यक्षले पार्टी चलाउन सक्ने भए यो हालत हुने थिएन त्यसैले पनि विचारमा परिवर्तन आउनु जरुरी छ ।’ राप्रपामा युवाको सहभागिता भए अरु पार्टीले पनि युवालाई राम्रो स्थान दिने र विकास सम्भव हुने उनको भनाई छ । उनले पार्टीको विधानले मनोनीतको व्यवस्थालाई कम गरेकोमा पनि उनी खुशी छन् । ‘पहिला अध्यक्षले नै सबै पदाधिकारी छान्ने प्रक्रिया गलत थियो यसपालि निर्वाचन नै हुने भएपछि फरक माहौल भएको छ ’ उनले भने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *