तोडफोड र आतंक नमच्चाएकाले आफूहरुलाई विभेद गरिएको राष्ट्रिय अपांग महासंघ नेपालको निश्कर्ष

२०७८ मंसिर १६, बिहीबार २१:४२ गते २०७८ मंसिर १६, बिहीबार २१:४२ गते २०७८ मंसिर १६, बिहीबार २१:४२ गते

काठमाडौं । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिको अधिकार कटौती गर्नु दुर्भाग्य भएको बताएका छन् । अपांगता भएका व्यक्तिको ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासंघद्धारा आफ्नै कार्यालय भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले सरकारले आफूहरुलाई अधिकार र कोटा थप्दै जानुभन्दा पनि पाइरहेको अधिकार पनि कटौती गर्दै गरेकोमा चिन्ता व्यक्त गरे । ‘हामी भद्र ढंगले आफ्ना माग सरकारसँग राख्छौं, आन्दोलन र तोडफोड गर्दैनौं त्यसैले पनि हामीलाई हेपिएको हुन सक्छ’ शर्माले भने ‘ हाम्रो पीँडा कति छ भन्ने हामीलाई मात्र थाहा छ, राजनीतिक पार्टीले पनि हामीलाई वेवास्ता गरेका छन् ।’

नेकपा एमालेले भर्खरै सम्पन्न गरेको महाधिवेशनमा अपांगता भएको व्यक्तिको कोटा नछुट्याएकोमा उनले आपत्ति जनाए । ‘कोटा दिएन यसमा आपत्ति छ त्योभन्दा पनि यसबारे सामान्य छलफल समेत नगरिनु दुर्भाग्य हो’ शर्माले भने ‘ हामी आगामी दिनमा यसबारे अरु पार्टीसँग पनि गम्भीर ढंगले छलफल गर्र्छौ ।’ दिवस शुक्रबार मनाइदैछ । महासंघले बिहीबारदेखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदैछ । शर्माले कोरोनाविरुद्धको खोपमा पनि अपांगता भएका व्यक्तिलाई विभेद गरिएको आरोप लगाए । महासंघले सरकारद्धारा गठन गरिएका विभिन्न आयोगमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने मागसमेत राखेको छ ।

हामी भद्र भएपछि सरकारले हामीले पाइरहेको अधिकार पनि कटौती गरेको छ– अध्यक्ष शर्मा काठमाडौं । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिको अधिकार कटौती गर्नु दुर्भाग्य भएको बताएका छन् । अपांगता भएका व्यक्तिको ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासंघद्धारा आफ्नै कार्यालय भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले सरकारले आफूहरुलाई अधिकार र कोटा थप्दै जानुभन्दा पनि पाइरहेको अधिकार पनि कटौती गर्दै गरेकोमा चिन्ता व्यक्त गरे ।

‘हामी भद्र ढंगले आफ्ना माग सरकारसँग राख्छौं, आन्दोलन र तोडफोड गर्दैनौं त्यसैले पनि हामीलाई हेपिएको हुन सक्छ’ शर्माले भने ‘ हाम्रो पीँडा कति छ भन्ने हामीलाई मात्र थाहा छ, राजनीतिक पार्टीले पनि हामीलाई वेवास्ता गरेका छन् ।’ नेकपा एमालेले भर्खरै सम्पन्न गरेको महाधिवेशनमा अपांगता भएको व्यक्तिको कोटा नछुट्याएकोमा उनले आपत्ति जनाए । ‘कोटा दिएन यसमा आपत्ति छ त्योभन्दा पनि यसबारे सामान्य छलफल समेत नगरिनु दुर्भाग्य हो’ शर्माले भने ‘ हामी आगामी दिनमा यसबारे अरु पार्टीसँग पनि गम्भीर ढंगले छलफल गर्र्छौ ।’ दिवस शुक्रबार मनाइदैछ । महासंघले बिहीबारदेखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदैछ । शर्माले कोरोनाविरुद्धको खोपमा पनि अपांगता भएका व्यक्तिलाई विभेद गरिएको आरोप लगाए । महासंघले सरकारद्धारा गठन गरिएका विभिन्न आयोगमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने मागसमेत राखेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *