ओमिक्रोन: नेपालबाट फेरि रोकियो बैङ्लौर र मुम्बई सिधा उडान

२०७८ मंसिर १७, शुक्रबार ०८:३२ गते २०७८ मंसिर १७, शुक्रबार ०८:३२ गते २०७८ मंसिर १७, शुक्रबार ०८:३२ गते

छिमेकी देश भारतसँग पूर्ववत सहज अवस्था जस्तै गरी नियमित रुपमा विमान सेवा संचालन गर्ने दुवै देशको तयारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बाधक बनेको छ ।

दुई हप्ताअघि भारत सरकारले नेपाल र भारतबीच दैनिक ८ उडान गर्नेगरी नेपालसँग प्रस्ताव गरेको थियो । जसको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने बताएको थियो ।

तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एयरबबल स्कीम हटाएर अन्तराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको सरकार फेरी अन्योलमा परेको छ । नेपाल वायुसेवा निगमले कोरोना भाइरसको महामारी फैलिएपछि उडान बन्द गरेको भारतीय शहर मुम्बई र बैङ्लौरमा उडान शुरु गर्न गरेको तयारी कोरोनाको नयाँ भेरियन्टका कारण पुनः अन्योलमा परेको हो ।

भारत सरकारले १५ डिसेम्बरबाट एयर बबल स्किम हटाएर अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको थियो । तर, बुधबार यो निर्णय स्थगित गरिएको छ । जसका कारण नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लौरमा गरेको उडानको तयारी समेत अवरुद्ध बनेको हो ।

नेपाल एयरलाइन्सले १८ डिसेम्बरबाट बैङ्लौरमा साताको दुई (मंगलबार र शनिबार) र मुम्बईमा १९ डिसेम्बरबाट साताको दुई (आइतबार र बुधबार) उडानको योजना बनाएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *