नाइजेरियामा एउटा डुं’गा डु’ब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ। नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ। क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घ’टना’ग्र’त डुंगामा ५० भन्दाबढी यात्रु थिए।
नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन्। दुई साताअघि जीगावा राज्यमा एउटा डुं’गा प’ल्टँ’दा कम्तिमा सात महिलाको मृत्यु भएको थियो। त्यस्तै, साउदी अरबमा बुधबार पहिलोपटक भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । संक्रमण रोकथामलाई कडा प्रतिबन्धहरु लागू गरिरहँदा साउदीमा निकै संक्रामक मानिएको भेरिएन्ट पुष्टि भएको अलजजिराले जनाएको छ ।
उत्तर अफ्रिकी मुलुकबाट रियाद पुगेका साउदी अरबका नागरिकमा संक्रमण पुष्टि भएको थियो र उनलाई अहिले आइसोलेसनमा राखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, नाइजेरियामा पनि पहिलोपटक बुधबार भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।
Views: 0