‘गाउँ जाउँ अभियानमार्फत नेपालका विद्यार्थीलाई प्राविधिक शिक्षा बाढ्दै इक्वीलिटी फाउण्डेशन

२०७८ पुष ४, आईतवार २०:२५ गते २०७८ पुष ४, आईतवार २०:२५ गते २०७८ पुष ४, आईतवार २०:२५ गते

काठमाडौं – नेपालका ३५० भन्दा बढी विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको इक्वीलिटी फाउण्डेशनले गाउँ जाउँ अभियान सुरु गरेको छ ।झापाको सिंहदेवी माध्यामिक विद्यालयमा शनिबार उद्घाटन भएको उक्त अभियानले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राविधिक शिक्षा दिने फाउण्डेशनका अध्यक्ष मेदिनी अधिकारीले जानकारी दिए ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा फाउण्डेशनले प्रदेशभर गरेको कामको कार्यप्रगति सुनाइएको थियो ।प्रदेश १का ३५० भन्दा बढी विद्यालयमा कम्प्युटर, आइटी लगायतको प्राविधिक शिक्षा प्रदान गरिरहेको इक्विलिटीले अब अमेरिकामा रहेका आइटी विज्ञलाई नेपाल ल्याएर विद्यार्थी तथा शिक्षकलाई तालिम प्रदान गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले फाउण्डेशनले प्रदेश १मा गरेको काम प्रशंसायोग्य भएको र अहिले सुरु गरिएको अभियान( नलेज ट्रान्सफर–गाउँ जाउँ)लाई सरकारले सक्दो साथ दिने बताए । इक्विलिटी फाउण्डेशनले गरेको कामको बारेमा आफूले बुझिरहेको र यो अभियानलाई प्रदेशभर लैजान सकिने उनको भनाइ छ । ‘नेपालमा भइरहेको घोकन्ते विद्या धावन्ते खेतीको समय अब सकियो, नेपालका विद्यार्थीलाई अब प्रयोगात्मक शिक्षा दिनुपर्ने बेला भएको छ,’ उनले भने, ‘इक्विलिटी फाउण्डेशनले आइटी क्षेत्रमा गरिरहेको कार्य राम्रो छ, यसमा मेरो साथ र सहयोग हुनेछ ।’

त्यस्तै कार्यक्रममा प्रदेश १मा फाउण्डेशनले आइटी शिक्षा सञ्चालन गरेका विद्यालयका प्रधानाध्यापकहरूले नेपालमा प्राविधिक शिक्षा भित्राउन इक्विलिटीले राम्रो काम गरिरहेको बताए ।त्यस्तै अमेरिकामा साइबर सेक्युरिटी पढिरहेकी कला न्यौपानेले इक्विलिटी फाउण्डेशनमार्फत नेपाल आएर आफ्नो ज्ञान बाढ्न पाउँदा खुसी लागेको बताइन् । फाउण्डेशनले सुरु गरेको ‘गाउँ जाउँ’ अभियानले विदेशमा रहेका प्राविधिक विज्ञ, आइटी इन्जिनियर लगायतलाई नेपाल ल्याइ उनीहरूको ज्ञान यहाँका विद्यार्थीलाई हस्तान्तरण गरिने अध्यक्ष अधिकारीको भनाइ छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *