काठमाडौं ५ पुस/
चलचित्र बिकास बोर्ड अन्तरगत रहेको महिला शसक्तिकरण समितिको आयोजनामा अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
चलचित्र महिला शसक्तिकरण समितिकी संयोजक भगवती कुमारी मैनाली उप्रेती “भिमा” को अध्यक्षतामा बसेको सो बैठकमा चलचित्र क्षेत्रका बिभिन्न संघ सस्था तथा चलचित्रकर्मी सगँ अन्तरक्रिया एवम् राय संकलन,गरि महिला सशक्तिकरण समितिले बनाएको कार्ययोजना बारे छलफल,अभिलेख राख्ने उदेश्यले महिला चलचित्रकर्मीहरुको नामावली संकलन, तथा प्रदेशिक रुपमा काम गर्न ईच्छुक महिला शसक्तिकरण समितिका लागि नामावली संकलन समेत गरीएको थियो।
उक्त कार्यक्रममा गत २०७८।०८।२१ भएको अभिमुखिकरण तथा अन्तक्रियाकार्यको समिक्षां तथा आगामी दिनमा महिला चलचित्रकर्मी शसक्तिकरण समितिले के कस्ता कार्य गरे महिला चलचित्रकर्मीका समस्यालाई सम्बोधन तथा निराकरण हुन्थ्यो भन्ने बिषयमा पनि चलचित्रकर्मीहरुबाटै राय संकलन गरीएको थियो।
कार्यक्रमको सुरुमा जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले महिला चलचित्रकर्मीहरुको समस्या पहिचान गरिनुपर्ने साथै समितिहरुमा महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता हुनुपर्ने भनी सशक्तिकरण समितिले उठाएका महिलाका सबालहरुमा र नामावली संकलन कार्यमा जनजाति महासंघको पूर्ण साथ सहयोग रहने बताउनु भएको थियो। त्यसतै कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले यस अघिका महिला शसक्तिकरण समितिले यसरी राय नमागेको चलचित्र कलाकार संघमा यस्ता धेरै महीलाका समस्या र मुद्धाहरु आईरहेकाले यो समितिलाई बलियो पार्न कलाकार संघको पूर्ण सर्मथन रहने कुरामा बिश्वस्त पार्नुभएको थियो । वहाले महीला माथी हुने शोषण भएको खवर आए चलचित्रनै रोक्न सक्ने क्षमता तपाईहरुले बनाऊन सक्नुपर्ने, महिला हिंसाका मुद्घाहरु हेर्ने निकायका रुपमा चलचित्रकर्मी महीला सशीक्तकरण समिति रहनुपर्ने कुरामा समेत जोड दिएका थिए ।
कार्यक्रममा संयोजक भिमा मैनालीले सबैलाई स्वागत गर्दै सबै समक्ष सशक्तिकरण समिति २०७८ को कार्ययोजना तथा रायका लागि प्रश्नावली राख्नु भएको थियो कार्यक्रमा सदस्यहरु जयाँ ओझा,निता बिम्व, गिता नेपाल लगायतका सदस्यहरुको सहभागिता रहेको थियो।
जनजाति महासंघकी सचिव सेजुका माझीले नितिगत तहमा महिलाको उपस्थिति बिना समस्या यथावत् रहने बताऊनु भएको थियो भने माझी चलचित्र संघकी अध्ययक्ष तथा चलचित्र निर्देशक विन्दु माझीले चलचित्रमा निर्देशक भएर काम गर्दा समान ज्याला र समान व्यवहार गर्नुको साटो महीलालाई एउटै काम गर्दा पनि पुरुषको भन्दा आधा मात्र पारिश्रमिक दिने गरेको अनुभव साट्नु भयो ।
आयोजित कार्यक्रममा चलचित्र अध्ययनरत ओस्कार ईन्टरनेशनलका विद्यार्थी, महिला चलचित्रकर्मी तथा बिभिन्न संघ संस्थाका प्रतिनिधी कलाकार,संचारकर्मी, निर्माता र बोर्डका कर्मचारीहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रम लाई कलाकार तथा संचारकर्मी बसन्तराज रिजालले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।
Views: 0