मिस मंगोल नेपाल–२०२१’सम्पन्न ‘फस्ट रनर अप’मा ताप्लेजुङकी प्रिया लिम्बू र सेकेन्ड रनर अप विभिषिका श्रेष्ठ

२०७८ पुष १२, सोमबार ११:५१ गते २०७८ पुष १२, सोमबार ११:५१ गते २०७८ पुष १२, सोमबार ११:५१ गते

काठमाडौं १० पुस/
एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । लामाले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ र बैंकक टुर प्याकेज पुरस्कार पाएकी छन् ।

प्रतियोगितामा ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन ‘फस्ट रनर अप’ र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ ‘सेकेन्ड रनर अप’ घोषित भए । दुवैले चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् ।

रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन ‘मिस मंगोल बागमती’, रौतहटकी चन्द्रकुमारी सारुमगर ‘मिस मंगोल प्रदेश २’, पाँचथरकी शान्ता योङहाङ ‘मिस मंगोल प्रदेश १’ घोषित भए ।

प्रतियोगितामा खोटाङकी सान्तवना राई ‘मिस ट्यालेन्ट’, ललितपुरकी समिता बज्राचार्य ‘कल्चरल एम्बासडर’ र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा ‘मिस फोटोजेनिक’ एवं ‘मिस लिडरसिप’ घोषित भए ।

कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, ‘मिस मंगोल नेपाल २०१४’ डा. एनिस्ता गुरुङ, ‘मिस मंगोल नेपाल २०१८’ जाङमु शेर्पा, म्युजिक भिडियो निर्देशक विज्ञान राई सम्मिलित निर्णायक रहेका थिए ।

यसपटक प्रतियोगितामा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औँ संस्करण हो ।
कार्यक्रममा ‘सेकेन्ड रनर अप’विभिषिका श्रेष्ठले आफ्नो अनुभव साट्दै भनिन् म बिएस डब्लूको बिद्यार्थी म आज सम्म कुनै पनि प्रतियोगितामा सहभागी भएको थिइन् यो नै मेरो पहिलो सहभागीता थियो। अन्य पेजेन्टमा नगएर मिस मंगोल नै किन भन्ने प्रश्न गर्दा श्रेष्ठले भनिन् मैले यस प्रतियोगितामा ग्लामर भन्दा पनि फरक कुरा सिक्ने अवसर पाएको छु,मैले कला,संस्कृति संगै मंगोलको सभ्यता बारे सिक्ने अवसर पाएको र आगामी दिनमा पनि अवसर पाए सामाजिक क्षेत्र संगै चलचित्र क्षेत्रमा केही राम्रो काम गर्ने इक्षा व्यक्त गरेकी थिइन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *