काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को २०२१–२०२३ कार्यकालका लागि महासचिव पदका उम्मेदवार डा केशव पौडेलले विघटित निर्वाचन समितिले अव निर्वाचन गराउन मिल्ने कुनै आधार नभएको बताएका छन् । पौडेलले अध्यक्षसहित बहुमत सदस्यको राजीनामा पछि विघटित निर्वाचन समितिले अव निर्वाचन गराउन मिल्ने कुनै आधार नभएको बताउादै पौडेलले सबैको सहमतिमा नयाँ निर्वाचन समिति गठन गरी यथाशीघ्र निर्वाचन गर्नका लागि काम थाल्न सम्बन्धित पक्षसँग माग गरेका छन् ।
‘गैर आवासीय नेपाली सङ्घको वर्तमान कार्यसमितिका केही व्यक्तिहरूले विधि, प्रक्रिया र प्रचलित अभ्यासलाई मिचेर मनोमानी ढङ्गले प्रतिनिधि चयनमा गरेको धाँधली, एमआइएस सिस्टमका नाममा सदस्यहरूको विवरण लिएर त्यसलाई दुरुपयोग गरी एनसीसी जापानको निर्वाचनमा भारत र नेपालबाट मतदान गरी निर्वाचन प्रभावित गरिएको प्रमाणित दस्ताबेज, आइएलओको सहयोग फन्डमा गरिएको भ्रष्टाचार, सरकार विरुद्धको मुद्दा लगायतका गंभिर अपराध र षडयन्त्रलाई ओझेलमा पार्न मात्र सहमतिका नाममा बार्ता र विवाद समाधान उच्चस्तरीय समिति बनाइएको छर्लङ्ग हुँदै छ । समस्यालाई सही ढङ्गले संवोधन गर्ने, निकास दिने भन्दा पनि पदीय दुरुपयोग गरेर छलकपट गर्दै पेलेर जाने नियतले सङ्घको भविष्यलाई सङ्कटमा पार्छ,’ पौडेलले भनेका छन् ।

पौडेलले मिलेर नै जाऔँ, टेबलमा बसेर समस्याको समाधान गरौँ, विधि र प्रक्रियाबाट चलौँ संस्थाको बृहत् हितका लागि सहमतिको जग निर्माण गरौँ भन्ने हाम्रो चाहाना र लचकतालाई कमजोरीको रूपमा नबुझियोस् भन्दै समस्या जस्ताको तस्तै राखेर सर्व पक्षीय सहमति भएको भन्ने भ्रामक प्रचार प्रति खेद व्यक्त गर्दछु। सङ्घका जिम्मेवार व्यक्तिहरूको अवान्छनिय गतिविधिले सघको साख अझै गिरेको छ। यस्ता गतिविधि तुरुन्त बन्द गरी संस्थाको मेरुदण्डका रूपमा रहेका नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदहरुको भेलाले दिएका सुझावको कार्यान्वयन, सल्लाहकार समितिले दिएको सल्लाह र विधि विधान भित्र रहेर अगाडि बढौँ भनेका छन् ।

विज्ञप्ति
गैर आवासीय नेपाली सङ्घको वर्तमान कार्यसमितिका केही व्यक्तिहरूले विधि, प्रक्रिया र प्रचलित अभ्यासलाई मिचेर मनोमानी ढङ्गले प्रतिनिधि चयनमा गरेको धाँधली, एमआइएस सिस्टमका नाममा सदस्यहरूको विवरण लिएर त्यसलाई दुरुपयोग गरी एनसीसी जापानको निर्वाचनमा भारत र नेपालबाट मतदान गरी निर्वाचन प्रभावित गरिएको प्रमाणित दस्ताबेज, आइएलओको सहयोग फन्डमा गरिएको भ्रष्टाचार, सरकार विरुद्धको मुद्दा लगायतका गंभिर अपराध र षडयन्त्रलाई ओझेलमा पार्न मात्र सहमतिका नाममा बार्ता र विवाद समाधान उच्चस्तरीय समिति बनाइएको छर्लङ्ग हुँदै छ । समस्यालाई सही ढङ्गले संवोधन गर्ने, निकास दिने भन्दा पनि पदीय दुरुपयोग गरेर छलकपट गर्दै पेलेर जाने नियतले सङ्घको भविष्यलाई सङ्कटमा पार्छ ।
मिलेर नै जाऔँ, टेबलमा बसेर समस्याको समाधान गरौँ, विधि र प्रक्रियाबाट चलौँ संस्थाको बृहत् हितका लागि सहमतिको जग निर्माण गरौँ भन्ने हाम्रो चाहाना र लचकतालाई कमजोरीको रूपमा नबुझियोस् । समस्या जस्ताको तस्तै राखेर सर्व पक्षीय सहमति भएको भन्ने भ्रामक प्रचार प्रति खेद व्यक्त गर्दछु। सङ्घका जिम्मेवार व्यक्तिहरूको अवान्छनिय गतिविधिले सघको साख अझै गिरेको छ। यस्ता गतिविधि तुरुन्त बन्द गरी संस्थाको मेरुदण्डका रूपमा रहेका नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदहरुको भेलाले दिएका सुझावको कार्यान्वयन, सल्लाहकार समितिले दिएको सल्लाह र विधि विधान भित्र रहेर अगाडि बढौँ । अध्यक्ष सहित बहुमत सदस्यको राजीनामा पछि विघटित निर्वाचन समितिले अव निर्वाचन गराउन मिल्ने कुनै आधार छैन । सबैको सहमतिमा नयाँ निर्वाचन समिति गठन गरी यथाशीघ्र निर्वाचन गर्नका लागि काम थाल्न सम्बन्धित पक्षसँग माग गर्दछु।
डा केशव पौडेल
महासचिव पदको उम्मेदवार
एनआरएनए कार्यकाल २०२१–२०२३

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *