चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित १ जना पक्राउ

२०७८ माघ २७, बिहीबार १९:३५ गते २०७८ माघ २७, बिहीबार १९:३५ गते २०७८ माघ २७, बिहीबार १९:३५ गते

काठमाडौं, २७ माघ – दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने ३ किलो सेतो
धातु सहित काठमाडौं न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु
मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना.१ ज ६२५३ नम्बरको टाटा सुमोलाई
प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला
पारी पक्राउ गरेको हो ।

उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन
अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर
काठमाडौंले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *