अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ ।

२०७८ माघ २८, शुक्रबार ०९:०० गते २०७८ माघ २८, शुक्रबार ०९:०० गते २०७८ माघ २८, शुक्रबार ०९:०० गते

काठमाडौँ(जस)–चालु आर्थिक वर्षको छ महिनामा रेमिटयान्स (विप्रेषण) आप्रवाहमा गिरावट देखिएको छ । पछिल्लो समय नेपालबाट कादमार रोजगारीका लागि जाने क्रम बढेपनि देशमा भित्रने रेमिटयान्स आप्रबाहमा भने सुधार नआएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई एक लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७५.५ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई रु पाँच खर्ब २३ अर्ब एक करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।
नेपालमा बिदेशबाट धेरै रेमिटयान्स पठाउने युएईलगायतका देशमा रहेका केही नेपालीले अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाइरहेको र धेरै नेपालीले त्यस्तो व्यवसायमा लगानीका साथै क्रिप्टोकरेन्सीलगायतमा लगानीका कारण रेमिटयान्स कम भित्रिएको जानकार बताउँछन् । अहिले धेरै नेपाली रहेका देशमा नेपालीहरुले नै बिभिन्न देशमा मुख्य कार्यालय रहेको भन्दै वेभसाईट बनाई ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड संचालन गरि करोडौ रकम असुलेका छन । उनीहरुको लगानीको एक बर्षमा २५६ प्रतिशत फाईदा भन्दै ठगी धन्दा चलाईरहेका छन ।
इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्ड जस्ता अवैध धन्दामा लगानीका कारण गत साउनदेखि रेमिट्यान्स निरन्तर ओरालो लागिरहेको छ । वैदेशिक रोजगारीमा जान युवाको लर्को लागे पनि रेमिट्यान्स घट्नुले विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुको सट्टा इन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा लगानी गरेको हुन सक्ने आंशका बढेको छ । हाल यि कम्पनीमा लगानी गरेका एजेन्टहरुले महिनामा २ सयदेखि ३ सय डलरसम्म दैनिक कमाएको बताउँदै नया सदस्य बनाउने गरेका छन । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक युएई, कतार, युरोप, कोरिया, मलेसियालगायतका देशमा रहेका नेपाली र नेपालमा रहेका अन्य नेपालिले ईन्फिनीटि ग्लोबल, सोलम्याक्स र हाइपर फन्डमा जोडिएका छन् । इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्ड कसैको नियमनको दायरामा पनि छैनन । नाम मात्रको अनलाईन कम्पनी रहेको यसका सदस्यहरु नै बताउँछन् । यस्तै पछिल्लो समय हुण्डीमार्फत धेरै रकम नेपालमा आउँदा वैधानिक रुपमा आउने रेमिटयान्स घटेको देखिएको पनि सम्बन्धितहरु बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *